Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›असम›शोणितपुरमा गोर्खा गौरव: GDC द्वारा मणि कुमार सुब्बा र मेजर दुर्गा मल्लको शालिक अनावरण हुँदै | Nelive24
असम

शोणितपुरमा गोर्खा गौरव: GDC द्वारा मणि कुमार सुब्बा र मेजर दुर्गा मल्लको शालिक अनावरण हुँदै | Nelive24

Super Admin29 May 20262 min read

शोणितपुरमा गोर्खा गौरवलाई ऐतिहासिक सम्मान: मणि कुमार सुब्बा, मेजर दुर्गा मल्ल र वैजयन्ती देवीको पूर्ण कदको शालिक निर्माण हुँदै

असम सरकारको गोर्खा उन्नयन परिषद (GDC) को पहलमा शोणितपुर जिल्लामा गोर्खा जनगोष्ठीका ऐतिहासिक तथा अग्रणी व्यक्तित्वहरूको सम्मानमा विभिन्न स्थानमा शालिकहरू निर्माण भइरहेका छन्। nelive24 लाई प्राप्त जानकारी अनुसार, जिल्लाको राङ्गापारा, नदुवार र ढेकियाजुली विधानसभा समष्टि अन्तर्गत यी ऐतिहासिक शालिकहरूको छिट्टै अनावरण गरिने तयारी भइरहेको छ। स्वजाति र स्वराष्ट्रको सेवामा समर्पित गोर्खा सन्तानहरूलाई भावी पुस्तासँग परिचित गराउने उद्देश्यले परिषदले यो महत्त्वपूर्ण कदम चालेको हो।

राङ्गापारा विधानसभा समष्टि अन्तर्गत खनामुख गोर्खा भवन प्रांगणमा गोर्खा जनगोष्ठीका अग्रणी नेता, पूर्व सांसद तथा पूर्व विधायक प्रयात मणि कुमार सुब्बाज्यूको पूर्ण कदको शालिक छिट्टै अनावरण हुँदैछ। गोर्खा उन्नयन परिषदका सदस्य सञ्जीव छेत्रीले यस गौरवपूर्ण कार्यको औपचारिक जानकारी दिँदै आगामी एक महिनाभित्र शालिक अनावरण गरिने बताउनुभएको छ। यसै अवसरमा पूर्व सांसद सुब्बाज्यूको जीवनीमा आधारित एक स्मारिका पनि प्रकाशित गरिने कार्यक्रम रहेको छ। सम्पूर्ण गोर्खा समुदायको लागि यो अत्यन्तै खुसी र गर्वको विषय बनेको छ।

यसैगरी, नदुवार समष्टि अन्तर्गत लोक्रामा भारतीय राष्ट्रिय सेना (INA) का वीर योद्धा तथा भारतको स्वाधीनता आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने पहिलो गोर्खा सिपाही मेजर दुर्गा मल्लज्यूको शालिक अनावरण हुनेछ। सन् १९१३ मा देहरादुन नजिकै जन्मिएका मल्लले १८ वर्षको उमेरमै गोर्खा राइफल्समा भर्ना भई पछि नेताजी सुभाष चन्द्र बोसको आईएनएमा प्रवेश गरेका थिए। कर्तव्यप्रतिको अदम्य लगनशीलताले मेजर पदमा पुगेका उनी सन् १९४४ मा कोहिमामा समातिएपछि नयाँ दिल्लीको लाल किल्लामा उनलाई फाँसीको सजाय सुनाइएको थियो। मृत्युदण्डअघि जेलमा भेट्न आएकी पत्नी शारदालाई "मैले चढाएको बलिदान बेकार जानेछैन, भारत स्वतन्त्र हुनेछ" भन्दै दिएको अदम्य साहसको सन्देश आज पनि गोर्खा इतिहासमा अमर छ। उनको बलिदानको सम्मानमा भारतभरका गोर्खाहरूले अगस्ट २५ लाई बलिदान दिवसको रूपमा मनाउने गर्छन् भने नयाँ दिल्लीको संसद भवन परिसरमा पनि उनको मूर्ति स्थापित छ। राष्ट्रका लागि प्राण आहुति दिने यिनै महान वीर सहिद मेजर दुर्गा मल्लको साहसलाई लोक्रामा बन्न लागेको यस शालिकले चीरस्थायी बनाउनेछ।

उता, ढेकियाजुली समष्टि अन्तर्गत भाङ्गामन्दिर चारआलीमा ऐतिहासिक असम आन्दोलनकी पहिलो महिला सहिद वैजयन्ती देवी भट्टराईको पूर्ण कदको शालिक स्थापना गरिँदैछ। असम आन्दोलनमा गोर्खा समुदायको अतुलनीय योगदान र महिलाहरूको अग्रसरतालाई झल्काउने सहिद वैजयन्ती देवीको यो शालिकले सम्पूर्ण समाजलाई निरन्तर प्रेरणा प्रदान गर्नेछ।

उल्लेखनीय छ कि गोर्खा उन्नयन परिषदले विगत केही समययता शोणितपुर जिल्ला भित्र स्वाधीनता सेनानी प्रसाद सिंह सुब्बा र भारतको संविधान सभाका सदस्य ब्यारिस्टर अरिबहादुर गुरुङ्गज्यूको पूर्ण शालिक निर्माण जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ। त्यसैगरी, बालिजोडीमा शोणितपुर जिल्लाका अष्ट सहिदहरूको स्मृतिमा सहिद स्तम्भको निर्माण कार्य पनि भइरहेको छ। गोर्खा उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङ्गको नेतृत्वमा विभिन्न समालोचनाका बाबजुद पनि परिषद आफ्नो कार्यमा निरन्तर रूपमा समर्पित रहेको छ।

हालसम्म अनावरण कार्यक्रमको मिति आधिकारिक रूपमा घोषणा नभए तापनि यो वर्षभित्र सबै शालिकहरू औपचारिक रूपमा सार्वजनिक हुने सुनिश्चित भएको छ। प्राप्त सूचना अनुसार, उक्त कार्यक्रमहरूमा गोर्खा उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङ्ग, उपाध्यक्ष राम दाहाल लगायत परिषदका अन्य विशिष्ट सदस्यहरूको उपस्थिति रहनेछ। शोणितपुरका तीनवटा विधानसभा समष्टिमा  चाड़ै सम्पन्न हुन गइरहेको यस ऐतिहासिक कार्यले समग्र गोर्खा समाजको गौरव बढाएको छ।

#Assam Gorkha#Dhekiajuli#GDC Assam#Gorkha Development Council#Gorkha Gaurav#Major Durga Malla#Mani Kumar Subba#Nelive24 News#Rangapara#Sonitpur News#Vaijayanti Devi
About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

15 Jun 2026
গোৰ্খা উন্নয়ন পৰিষদৰ বৃহৎ পদক্ষেপ: তেজপুৰত ছাত্ৰাবাস নিৰ্মাণ আৰু বিনামূলীয়া APSC প্ৰশিক্ষণ | Nelive24

গোৰ্খা উন্নয়ন পৰিষদৰ বৃহৎ পদক্ষেপ: তেজপুৰত ছাত্ৰাবাস নিৰ্মাণ আৰু বিনামূলীয়া APSC প্ৰশিক্ষণ | Nelive24

5 Jun 2026
বিশ্বনাথত গোৰ্খা উন্নয়ন পৰিষদৰ উদ্যোগত বীৰ শ্বহীদ মেজৰ দুৰ্গা মল্ল আৰু বাবু ছবিলাল উপাধ্যায়ৰ প্ৰতিমূৰ্তি উন্মোচন তথা মুকলি ৰংগমঞ্চৰ আধাৰশিলা স্থাপন

বিশ্বনাথত গোৰ্খা উন্নয়ন পৰিষদৰ উদ্যোগত বীৰ শ্বহীদ মেজৰ দুৰ্গা মল্ল আৰু বাবু ছবিলাল উপাধ্যায়ৰ প্ৰতিমূৰ্তি উন্মোচন তথা মুকলি ৰংগমঞ্চৰ আধাৰশিলা স্থাপন

23 Feb 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.