Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल भारतीय खस महासभाको तदर्थ समिति गठन

अखिल भारतीय खस महासभाको तदर्थ समिति गठन

ओदालगुडी, असम, 27 अप्रिल 2025 — हिजो ओदालगुडी जिल्लाको गोर्खा भवनमा आयोजित एक महत्वपूर्ण चिन्तन बैठकमा "अखिल भारतीय खस महासभा" को तदर्थ समिति गठन गरिएको छ।
बैठकमा खस समुदायको उत्थान, विकास तथा एकताको आवश्यकता महसुस गर्दै राष्ट्रियस्तरमा संगठन निर्माण गर्ने उद्देश्यले सर्वसम्मतिले यो निर्णय गरिएको हो।

बैठकमा तय गरिएको नयाँ तदर्थ समितिको विवरण यसप्रकार छ:

सभापति: केप्टन खगेन्द्र शर्मा (डुवर्स)

कार्यकारी सभापति: टिकाराम शर्मा (सिक्किम)

उपसभापति: गोपालकृष्ण भट्टराई (शदिया, असम)

महासचिव: दीपक निरौला (ओदालगुडी, असम)

सह-सचिव: दिलीप घिमिरे (डुवर्स)

सदस्य: प्रकाश पराजुली (सिक्किम)


उपदेष्टाहरू:

बी.पी. बजगाईं (पश्चिम बंगाल)
एस.पी. शर्मा (पश्चिम बंगाल)

बैठकमा उपदेष्टा बी.पी. बजगाईंज्यूले तदर्थ समितिको औपचारिक घोषणा गरेका थिए।
त्यसपछि आयोजित साधारण सभाले नयाँ समितिलाई आगामी छ महिनाभित्र राज्य तहका समितिहरू गठन गरी सर्वभारतीय प्रतिनिधि सभा सम्पन्न गर्ने र स्थायी समिति निर्माण गर्ने जिम्मेवारी सुम्पिएको छ।

यो महत्वपूर्ण कदमले खस समुदायलाई एकीकृत गर्दै राष्ट्रिय पहिचान र हक–अधिकारको संरक्षणमा ऐतिहासिक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Post a Comment

Previous Post Next Post