Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
भाजपा असम प्रदेश समितिको बीटीआर तथा पंचायत निर्वाचन रणनीतिमा गोर्खा नेताहरूको उपस्थिति सशक्त
Nelive24: भारतीय जनता पार्टी (भाजपा) असम प्रदेश समितिले बीटीआर निर्वाचनका लागि गठन गरेको १४ सदस्यीय कर्णधार समितिमा गोर्खा सन्तान अशोक भट्टराईलाई पनि सदस्यको रूपमा राखिएको छ। यस समितिमा स्वयं असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा पनि रहनु भएको छ। भट्टराईलाई दिइएको यो भूमिकाले गोर्खा राजनीतिमा नयाँ चहलपहल ल्याएको छ।
यसैगरी, आगामी पंचायत निर्वाचन व्यवस्थापनका लागि गठित समितिमा संयोजकको जिम्मेवारी मन्त्री पियूष हजारिकाले सम्हालेका छन् भने, सोही समितिमा पनि भट्टराईलाई सदस्यको रूपमा समावेश गरिएको छ।
अशोक भट्टराई हाल भाजपा असम प्रदेश समितिका उपाध्यक्ष हुनुका साथै, पूर्वमा असम परिवहन निगमको अध्यक्ष पदमा रहिसक्नुभएको छ। उहाँ पेशाले केमिकल इन्जिनियर भए तापनि, लामो समयदेखि सक्रिय राजनीति गर्दै आउनुभएको छ। साथै, असम गोर्खा सम्मेलन केन्द्रीय समितिको एक कार्यकालका लागि मुख्य सचिवको भूमिकामा समेत उहाँ रहनुभएको थियो। मुख्यमन्त्री हिमन्त विश्व शर्माका निकटतम नेताका रूपमा चर्चामा रहने भट्टराई प्रदेश भाजपा अध्यक्ष दिलीप शैकियाको पनि विश्वासपात्र संगठनकर्मी मानिन्छन्।
भट्टराईलाई दिइएको जिम्मेवारीले गोर्खा समुदायका अन्य राजनीतिक नेताहरूलाई अनिश्चिततामा पार्न सक्ने देखिन्छ। के उहाँ आगामी विधानसभा चुनावमा कुनै निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार बन्ने सम्भावना राख्छन् त? वा यो अवसर केवल राजनीतिक प्रभाव बढाउने रणनीतिको हिस्सा मात्र हो? त्यस्तै, बरसोलाको राजनैतिक चहलपहल विषयमस वर्तमान विधायक गणेश कुमार लिम्बुको स्थिति के रहनेछ? किनभने, उहाँका समर्थकहरू पार्टीभित्र सशक्त रूपमा संगठित देखिन्छन्।
राजनीतिमा समीकरणहरू द्रुत गतिमा परिवर्तन भइरहन्छन्। तर, के दलहरूले गोर्खा नेताहरूलाई एकअर्कासँग प्रतिस्पर्धा गराएर शक्ति सन्तुलन कायम गर्न खोजेका हुन्? कि स्वयं नेताहरूबीचको स्वाभाविक प्रतिस्पर्धा मात्र हो बुजनु जरुरी छ?
विश्लेषण गर्दा, गोर्खा जनसंख्या घनत्व भएका विभिन्न विधानसभा क्षेत्रमा सम्भावना प्रबल देखिए तापनि, त्यहाँ नेतृत्वको जमर्को न्यून देखिन्छ। बरु, जहाँ पहिल्यै गोर्खा प्रतिनिधित्व छ, त्यही क्षेत्रमा मात्र चासो देखिनु राजनीतिक बाध्यता हो कि विवशता? यी प्रश्नहरू उठाउनु स्वाभाविक हो, यद्यपि यसको उत्तर खोज्नु भने आवश्यक छैन।
यसबाहेक, २०२५ पंचायत निर्वाचन घोषणापत्र निर्माण समितिमा हाल असम सूक्ष्म उद्योग प्राधिकरणका अध्यक्ष किशोर कुमार उपाध्याय पनि सदस्यका रूपमा रहेका छन्। भट्टराई र उपाध्याय दुवै जना गोर्खा नेताहरू सशक्त राजनीतिक सम्भावनाका रूपमा उभिएका छन् यो कुरालाई हैन भन्न सकिदैन ।
यसैबीच, भाजपा भित्रकै अन्य गोर्खा नेताहरू पनि निकट भविष्यमा सक्रिय हुने सङ्केत देखिएको छ। असम एमट्रोनका उपाध्यक्ष तथा भाजपा मुखपत्र रितुवर्ण शर्मा, जीडीसी अध्यक्ष प्रेम तामाङ, अगोसका महासचिव राजु ढकाल, जगदीश खनाल, दिलु शर्मा लगायतका नेताहरू पार्टीको टिकटका लागि प्रमुख दावेदारका रूपमा आफ्नो नाम उठाउन संग्राम रत छन जस्मा रितुवर्ण शर्माको क्षेत्रमा कुरा सान्त तर प्रवल छ शर्माले टिकट नमांगेनी चर्चाम उनि रहन्छन्।
विशेष गरी, राजु ढकाल युपीपीएल (UPPL) बाट बीटीआर निर्वाचनमा कुनै क्षेत्रबाट उठ्ने तयारी गरिरहेको बताइन्छ।
समग्रमा, आगामी निर्वाचनहरू गोर्खा नेताहरूका लागि निर्णायक मोड सावित हुन सक्छन्।
Post a Comment