गिरिन्द्र दाहालले पदत्याग गरे, असम गोर्खा सम्मेलनमा नेतृत्वको हैकमबादको बिरोध
Nelive24: ख्याति अगोस नेता गिरिन्द्र दाहाल, जो असम गोर्खा सम्मेलनका केन्द्रीय सचिव थिए,उनले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। संगठनलाई निष्पक्ष र अराजनैतिक बनाइ राख्न आग्रह गर्दै दाहालले आफ्नो पत्रमा संगठनभित्रको गहिरो असन्तोष र नेतृत्वको गम्भीर समस्या उजागर गरेका छन्।
तर प्रश्न उठ्छ – गिरिन्द्र दाहालले आफैं कांग्रेस पार्टीमा आबद्ध भइ, संगठनको निष्पक्षतामाथि प्रश्न उठाउनु कति उचित हो? उनले अगोसलाई भाजपा समर्थक भनेर आरोप लगाइरहँदा, के कांग्रेसको पक्षमा उभिएको संगठन सही हुने थियो?
स्मरणीय छ, कि इतिहासमा अगोसले कांग्रेसको पक्षमा उभिएको छैन ? तर के गिरिन्द्र दाहालले सोचेका थिए कि कांग्रेसको समर्थनमा उभिएको भए, संगठनले आफ्नो गरिमा बचाउन सक्थ्यो?
दाहालले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, "संगठन कुनै दलको गुलाम हुन सक्दैन। यो जातिको हक र अधिकारको लागि बनेको हो। तर जब संगठनले सत्ता पक्षको तेल मालिश गर्न थाल्छ, त्यसको सिद्धान्त गुम्न जान्छ।"
तर यो भनाइले संगठनका सदस्यहरूलाई गहिरो प्रश्न सोध्न बाध्य बनाएको छ – के गिरिन्द्र दाहालले आफ्नो व्यक्तिगत राजनीतिक निष्ठा लुकाउन खोजेका हुन्? यदि अगोसले कांग्रेसलाई समर्थन गरेको भए, के त्यो पनि अराजनैतिक हुने थियो?
उनको राजीनामापछि संगठनभित्रको विवाद झन् चर्किएको छ। दाहालको कदमले संगठनलाई निष्पक्षताको बहसमा तानेको छ। तर अर्कोतर्फ, यसले संगठनको वर्तमान नेतृत्वलाई पनि कठघरामा उभ्याएको छ।
अब प्रश्न उठ्छ – के गिरिन्द्र दाहालका आरोपहरू केवल आक्रोशको अभिव्यक्ति हुन्, कि संगठनभित्रको गहिरो समस्याको संकेत? गिरिन्द्र दाहालको यो कदमले संगठनलाई नयाँ दिशा दिनेछ, कि संगठनभित्रको विभाजनलाई अझ गहिरो बनाउनेछ?
संगठन र सत्ता पक्षको सम्बन्धबारे उठेका यी प्रश्नहरूले आगामी दिनहरूमा अगोसलाई थप परीक्षणमा पार्नेछ। जवाफ दिन अब संगठनका वर्तमान नेतृत्वमाथि जिम्मेवारी आएको छ। उल्लेखनीय छ हालसम्म अगोस बाट मनोज गौतम र दक्षीणा देवी गजुरेलले पनि राजिनामा दि सकेका छन ।
Post a Comment