रजत भारद्वाज
ढेकियाजुली
स्वायत्त शासनको कुरा गर्दा हामीले केवल गफ मात्र गर्न सक्दैनौं। प्रश्न उठ्छ—के हामीले माग्ने अधिकार कमायौं त? के हामी तयार छौं त्यस शासनलाई आफ्ना हातमा लिन? या केवल भाषणको रंगिन पर्दाभित्र लुकेर आत्मसन्तुष्ट छौं? स्वायत्त शासन, केवल नारामा मात्र होइन, यो भनेको एक कडा संघर्ष हो—कठिन प्रक्रिया हो। हामीलाई यसको लागि जिम्मेवारी लिन तयार हुनुपर्छ।
यथार्थ के हो? शोणितपुर या विश्वनाथ, जहाँ हामी स्वायत्त शासनको माग गर्न जाउँ, हाम्रो आधार के छ? माटो छैन, घर छैन, बसोबासको कुनै योजना छैन। अनि, हामी कसरी माग्न सक्छौं? भाषण, नारा र जुम्लाहरू केवल हावा जस्तै छन्। यथार्थमा, स्वायत्त शासन भनेको अधिकारको प्राप्ति हो, जुन समाजको भौतिक, आर्थिक, र सामाजिक संरचनामा आधारित हुन्छ। र त्यो संरचना के छ हामीसँग? के हामी स्वायत्त शासनको लागि तयार छौं?
हामीले देख्नुपर्छ—जनाधार बिना शासनको सम्भावना छैन। खै हाम्रो स्थायित्व? खै ८०% जनसंख्या कहाँ छ? हाम्रो आधार? स्वायत्त शासन प्राप्त गर्नको लागि हामीलाई केवल शाब्दिक समर्थनको जरुरत छैन, हाम्रा वास्तविक कदम र योजनाहरूको आवश्यकता छ। हामी कहाँ हिँडिरहेका छौं? हामीले कसरी जनसंख्या ल्याउन, माटो र घर बनाउने योजना तयार गर्न सक्नेछौं?
अहिलेको स्थिति भनेको हामीले, विशेष गरी शोणितपुर र विश्वनाथमा, बसोबासको योजना तयार गर्नुपर्छ। तर यो केवल बडी प्रोजेक्टको रूपमा सोच्नु हुँदैन, हामीलाई वास्तविक कार्यमा परिणत गर्नुपर्नेछ। अहिले केही नगरेर, हामी भविष्यमा ५-१० वर्षपछि के आशा गर्न सक्छौं? सबै कुरा योजना, नीति र कार्यमा परिणत गर्नको लागि दीर्घकालीन सोच आवश्यक छ। केवल भाषण र भाषाशक्ति स्वायत्त शासन ल्याउन सक्षम छैन।
शोणितपुर र विश्वनाथका लागि हामीलाई बसोबासका लागि योजना तयार गर्नुपर्छ। आजको दिनमा जस्तो छैन—हामीलाई परिपूर्ण भविष्यको लागि काम गर्नुपर्नेछ। २००३ मा स्थापित GACDC संस्था अझै टाँसिएको छ। यसका काम, उपलब्धिहरू र नेतृत्वमा भएका परिवर्तनका बारेमा प्रश्नहरू खडा हुने समय आएको छ। के यो संस्था एउटा वास्तविक आन्दोलनको हिस्सा हो, वा केवल कागजमा नाम मात्र छ?
हाम्रो लक्ष्य भनेको स्वायत्त शासनको प्राप्ति हो, तर यो सपना केवल भाषणको ढाँचामा नलुक्नुहोस्। हामीले हामीलाई अझ बलियो बनाउनका लागि माटो व्यवस्थापन, बसोबासको योजना, र दीर्घकालीन दृष्टिकोण बनाउनु पर्छ। साथै, व्यवसायमा आर्थिक समृद्धि ल्याउनका लागि, गोर्खा समाजको उद्योगलाई बलियो बनाउन पनि आवश्यक छ।
स्वायत्त शासनको प्रक्रिया सरल छैन। हामीलाई चाहिन्छ जनाधार, माटो, आर्थिक आधार, र कडा नेतृत्व। हामीले आजबाट काम सुरु गर्नुपर्नेछ। बिनाकाम, केवल नारामा लुकी बसेर, भविष्य बनाइन्न। “शोणितपुर आउनुहोस” यो हाम्रो नारा हो, जुन केवल शब्द मात्र होइन, हामीले यो नारा र क्रियावलीको साथ योजनाबद्ध प्रयास गर्नुपर्छ।
नारा मात्र होइन, कार्य र योजना पनि आवश्यक छ। हामीले गफभन्दा काम, नारा भन्दा योजना, र सपना भन्दा यथार्थलाई चुन्नुपर्छ। हामीलाई यो स्वायत्त शासनको बाटोमा पक्का र दृढ कदम चाल्न आवश्यक छ।
शोणितपुर आउनुहोस, गोर्खाहरु — यो नारा केवल एक आवाज मात्र होइन, यो हाम्रो अस्तित्वको लडाइँ हो। अब समय आएको छ—गफ होइन, कर्म।
Post a Comment