Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भारतीय गोर्खा परिसंघ (भा गो प) को असम प्रदेश कार्यालय हरि प्रसाद 'गोर्खा' राई भवनमा शुभआरम्भ

 देवकोटानगर (मालीगाउँ ) गुवाहाटी : असमको राजधानी शहर गुवाहाटीको गोर्खा जन बाहुल्य मालीगाउँको देवकोटानगरमा भारतीय गोर्खा परिसंघ, असम प्रदेश समितिको कार्यालय कक्ष हरि प्रसाद 'गोर्खा' राई भवनमा विधिवध उद्घाटन भयो। कार्यालय कक्ष रातो फिता काटेर दियो बत्ती बालेर सयपत्री फूलको सजावट गरी पण्डित द्वारा मन्त्र पाठ गरेर सनातन संस्कृति अनुसार उद्घाटन गरियो। 

वरिष्ठ साहित्यकार तथा सयपत्री संक्रित्यकला कला संगमका हालै बिदाइ सभापति श्रीनव सापकोटाको बाहुलीबाट भएको उद्घाटनमा सहयोग असम नेपाली साहित्य सभाको सभापति साहित्य अकाडेमी सम्मान प्रापक श्री दुर्गा खतिवडा, भा गो प राष्ट्रिय कार्यकारी अध्यक्ष श्रीनित्यानन्द उपाध्याय, राष्ट्रिय संयुक्त महासचिव श्रीप्रकाश दाहाल गर्नु हुन्छ। मुल ढोकाको बेसीमा दियो बालेर फुल कलश स्थापन भा गो प असम प्रदेश समितिको अध्यक्ष श्रीअमर अधिकारी अनि मुल सचिव श्रीनन्द किराती देवान गर्नु हुन्छ। 

हरिप्रसाद 'गोर्खा' राईको नातिनी तथा विशिष्ट व्यवसायि श्रीमतीसुमन राई के सी एवम उनको उद्योगी श्रीमान गोपाल के सी को अनुदान बाट वहाँको बाजेको स्मृतिमा बनिएको दुई तल्ला सताब्दी पुरुष साहित्यकार हरि प्रसाद 'गोर्खा' राई भवन सयपत्री संक्रित्यकला संगमको दखल रहेको बढागाउँ गौशाला पथ समुको जमीनमा निर्माण गरिएको छ । कार्यालयमा जरुरी सामग्री जस्तै फर्नीचर टेबल, कुर्सी, कन्फरेन्स टेबल, विसितर कुर्सी, ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर आदि दाता हरुबाट प्राप्त हुँदै गरेको जानकारी अधक्ष्य अमर अधिकरिज्युले दिनुहुन्छ। आगामी ६ अप्रेल २०२४को दिन भारतीय गोर्खा परिसंघको २३ औ‌ प्रतिष्ठा दिवस कार्यक्रममा जम्मै दाता तथा संग्रक्षक लाई निम्त्याएर अभिनन्दन तथा धन्यबाद ज्ञानपन गर्ने विषय मुल सचिव श्रीनन्द किराती देवानले जनाउदै परिसंघ परिवार र गोर्खा शुभकांक्षी हरुलाई दाता बनेर सहयोग गर्नु अनुरोध राख्नु भो। यहीआइतवार बाट सञ्चालनमा आएको भा गो प असम प्रदेश कार्यालयको मुख्य कार्यालय सचिवको दायित्व दिल्ली शाखा आग्सु प्रतिष्ठापक मुल सचिव वर्तमान भा गो प असमको कार्यकारी सदस्य गुवाहाटी गणेशगुरी निवासी श्रीकमल प्रधान लाई दायित्व अर्पण गरे। असमको विभिन्न जिल्ला शाखा तथा प्रदेश समितिको नेतृत्वको बाकालो उपस्थिति रहेको शुभ उद्घाटन तथा कार्यकारीणी सभाको अध्यक्षता प्रदेश अधक्ष्य अमर अधिकारीले गरे अनि आज सम्माको अधक्ष्य मुल सचिव श्रीमती गीता उपाध्याय, श्री प्रवीण राई,  स्वर्गीय पिताम्बर गुरुङ्ग, श्री नित्यानन्द उपाध्याय, श्री ललित सुब्बा, श्रीविमल प्रधान  साथै हाल सम्मा श्री प्रकाश दाहालज्यु को निजी कार्यालय तथा कविद पछि बास गृहमा कार्यालय सञ्चालन गरी दिनु भएकोमा परिसंघ परिवार भएर सम्झिँदै धन्यबाद ज्ञापन गर्नुभो।

Post a Comment

Previous Post Next Post