आज बडादशैंको मुख्य दिन विजया दशमी। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइदैछ।
आश्विन शुक्ल दशमीको दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइदैछ। दशैं घर वा पूजा कोठामा नवरात्रीभर नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
विश्वभर छरिएर बसोबास गर्ने नेपालीहरुले आज विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन चलिआएको छ।
यता, भारतको विभिन्न राज्यहरु सरह सिक्किम र दार्जिलिङ लगायत पूर्वोत्तर राज्य असममा पनि आज गोर्खाहरुले मान्यजनबाट टिका र जमरा गहण गरी बडा दशैं तथा विजया दशमी मनाइरहेका छन्।
सबैमा बडा दशैंको मंगलमय शुभकामना!
Post a Comment