Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भागोपको छैठौं त्रैवार्षिक राष्ट्रिय महाधिवेशन सम्पन्न; कोक्राझार घोषणापत्र-२०२२ पारित

कोक्राझार,०६ सितम्बर: गत् २,३ अनि ४ सितम्बरको दिन भारतीय गोर्खा परिसंघ, राष्ट्रिय समितिको छैटौं त्रैवार्षिक अधिवेशन कोक्राझारमा आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। जानकारी अनुसार, भागोपको अधिवेशनको अन्तिम दिन खुल्ला सभामा बोडोल्याण्ड टेट्रिटोरियल काउन्सिल प्रमुख प्रमोद बडो प्रमुख अतिथिको रूपमा उपस्थित थिए। तीन दिवसीय महाधिवेशनमा देशभरका २३७ जना प्रतिनिधि साथै ७० पर्यवेक्षक सहित ३० जन निमन्त्रित सदस्य र देश भरिकै सहियोगिय संस्था सदस्य सहभागी थिए। नयाँ केन्द्रीय समितिमा दिल्ली विश्वविद्यालयका प्रवक्ता डा. मुनिष तामाङलाई राष्ट्रिय अध्यक्ष, असमबाट उच्च अदालतका वरिष्ठ वकिल नित्यानन्द उपाध्यायलाई कार्यकारी अध्यक्ष र सिलगढीका अभय खालिङलाई महासचिवको रूपमा चयन गरिएको छ। यस सत्रमा 'बमप' भनेर चिनिने खरसाङका बुद्धिमान प्रधान २०२० को लागि अनि २०२१ को लागि परिसंघका पूर्व अध्यक्ष प्रयात सुखमान मोक्तानलाई 'गोर्खा गौरव' प्रदान गरियो। उक्त सत्रमा सुखमान मोक्तानलाई उनको उत्कृष्टताका लागि 'संगठन पुरुष' उपाधि पनि दिइयो।

यता, महाधिवेशनको अन्तिम दिन भागोपले आठ बुँदे घोषणा पारित गरेको छ। भागोपको कोक्राझार घोषणापत्र २०२२ यस प्रकारको छ:

) भारतीय गोर्खा परिसंघले गोर्खाल्याण्ड राज्य निर्माणको मांग प्रति आफ्नो प्रतिबद्धता पुन: जनाउँदछ र भारत सरकारलाई गोर्खाहरूको दीर्घकालीन संवैधानिक मांग पूरा गर्ने आग्रह गर्दछ। 

) भारतका सबै राज्यहरूमा गोर्खाको संवैधानिक, राजनैतिक, अनि कानुनी हक प्राप्तिको निम्ति कार्य गर्न प्रतिबद्ध छ।

) भारतीय गोर्खा परिसंघले गोर्खाहरूका छोडिएका जातिलाई चाँडै अनुसूचित जनजातिमा सम्मिलित गर्ने भारत सरकारसंग मांग गर्दछ। 

) भारतीय गोर्खा परिसंघले मुख्यमन्त्री हिमन्त विश्व शर्माको नेतृत्वमा रहेको असम सरकार र प्रमोद बडोको नेतृत्वमा रहेको बीटीआर सरकारको गोर्खाहरूप्रति रहेको सद्भावको निम्ति धन्यवाद प्रकट गर्दछ। बेल्ट र ब्लकहरूमा Protected Class को दर्जा प्रदान गरेकोमा धन्यवाद दिदै सोही Protected Class VGR, PGR, Forest Land इत्यादि क्षेत्रमा पनि गोर्खालाई प्रदान गर्ने मांग गर्दछ।

) भारतीय गोर्खा परिसंघले असम राज्यमा गोर्खा स्वायत्त परिषद्को मागलाई समर्थन गर्दछ।

) भारतीय गोर्खा परिसंघले गोर्खा समुदायबाट परिषद्को निर्वाचित सदस्य बन्ने अवसर सिर्जना गर्न स्वायत्त क्षेत्रको प्रशासनलाई आह्वान गरेको छ। समुदायका लागि विशिष्ट निर्वाचन क्षेत्रहरू सिर्जना गरियोस्।

) गोर्खा समुदायका सदस्यहरूलाई राज्यसभा र विभिन्न संवैधानिक पदमा मनोनयन गर्न भारतीय गोर्खा परिसंघले भारत सरकारलाई आग्रह गर्दछ।

 ) भारतका सबै गोर्खा संगठनहरूसँग ऐक्यबद्धतामा काम गर्न भारतीय गोर्खा परिसंघ प्रतिबद्ध छ।

Post a Comment

Previous Post Next Post