बाक्सा,०५ नोभेम्बर: बिहीबार बाक्सा जिल्ला अन्तर्गत पूर्व डेफेलीको भोलाझार उपरखुटीमा ११३ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पालन गरिएको छ।
जानकारी अनुसार, असम नेपाली साहित्य सभा भोलाझार शाखा समितिको उद्योगमा भोलाझार उच्चतर माध्यमिक विद्यालय, उपरखुटी प्राङ्गणमा सम्पन्न भएको देवकोटा जयन्ती कार्यक्रममा महाकविलाई स्मरण गर्दै नेपाली साहित्य जगतका महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिच्छविमा भोलाझार उच्चतर माध्यमिक विद्यालय, उपरखुटीका विषय शिक्षक तिलक ओलीले द्वीप प्रज्वलन र मुना मदनका स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्याएका अवदान बारे बताउछन्। यता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिच्छविमा असम नेपाली साहित्य सभा भोलाझार शाखा समितिका सभापति शिव कुमार सापकोटाले माल्यार्पण गर्दछन् भने पुष्पाञ्जलि अर्पण गर्दछन् साहित्यकार अर्जुन उप्रेतीले।
उक्त कार्यक्रममा धेरैजना गण्यमान्य व्यक्तिहरुको साथै स्थानीय उदीयमान कवि साहित्यिक तथा साहित्यानुरागी युवक युवतीहरुको उपस्थिति रहेको थियो।
Post a Comment