Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अनेसास केन्द्रीय समितिको कार्यकारिणी सभाको खबर गलत तरिकाले प्रकाशित भ्एकोमा भत्सर्ना प्रस्ताव पारित

Nelive24,ढेकियाजुली:आज अंग्रेजी २६ सेप्टेम्बर का दिन ढेकियाजुलि स्थित भानुज्योति भबनमा असम नेपाली साहित्य सभा शोणितपुर जिल्ला समितिको कार्यकारी सभा सम्पन्न हुन्छ। सभाको सभापतित्व गर्छन  सभापति श्री दिल्लीराम खनालले भने सभाको उदेश्य ब्याख्या मुलसचिब श्री नबप्रभा अधिकारीद्वारा हुन्छ। जिल्ला मुलसचिव नबप्रभा अधिकारी असम नेपाली साहित्य सभा केन्द्रीय समितिको सचिव नियुक्त भएका ले गर्दा वहाले जिल्ला को मुलसचिब को दायित्व जिल्ला सचिव भुवन छेत्रीलाई अर्पण गर्छ सभाले , उल्लेखनीय छ भूवन छेत्री बिगत पाँच बर्ष देखि जिल्ला समितिको सांगठनिक सचिब र सचिव को पदबी मा रहेर कार्य सम्पादन गर्दै आएका हुन्। त्सेस अघि उनि असम नेपाली साहित्य सभा खनामुख शाखा समितिका मुल सचिव रहेका हुन्। छेत्रीले अखिल असम गोर्खा छात्र संघ शोणितपुर जिल्ला साथै भारतीय गोर्खा परिसंघ असम राज्यिक समितिको  भएर कार्य सम्पादन गरेका थिए। आज को सभाले जिल्ला मुलसचिव नबप्रभा अधिकारीलाई धन्यवाद दिँदै पदबी बाट बिदाइ दिन्छ भने सभाले भर्खरै बिश्वनाथ चारालिमा भएको असम नेपाली साहित्य सभा को केन्द्रीय समितिको कार्यकारी सभाको खबर गलत तरिकाले कुनै कुनै खबर कागजमा प्रकाशित गरेको कार्यमाथी भत्सर्ना प्रस्ताव पारित गर्दछ साथै आउँदा दिनमा यस्तो खालको नहोस् भन्ने आग्रह गर्दछ।सभामा  केन्द्रीय समितिका सचिव अनिल गौतम  पनि उपस्थित रहन्छन। जिल्ला समिति की सांस्कृतिक सचिव दक्षिणादेबी गजुरेलले पनि केन्द्रीय समितिको मनोनित सदस्य को हेसियतले नियुक्ति भएको मा  जिल्ला समिति बाट वहाँले पनि पदत्याग गर्नु हुन्छ। सभामा शोणितपुर जिल्ला समिति अन्तर्गत धेरै जसो शाखा तथा जिल्ला पदाधिकारी हरुले भाग लिएका थियो साथै सभामा जिल्ला समितिको मुखपत्र पानस प्रकाशनको लागि उप समिति पनि गठन हुन्छ । सभामा आउँदा दिनमा समिति ले गर्नु पर्ने कार्य हरुको बिषयमा छलफल हुन्छ।

Post a Comment

Previous Post Next Post