न्युज डेस्क, १३ अगस्त: वर्तमान अखिल असम गोर्खा छात्र संघका केन्द्रीय सभापति अर्जुन छेत्री एकजना स्वच्छ र दुरदर्शी नेतृत्वको रूपमा असमको पटभूमिमा देखिएका छन्। पूर्व सभापति प्रेम तामाङले राजीनामा दिएपछि अर्जुन छेत्रीले छात्र संगठनको प्रमुख नेतृत्व सम्हाल्दै आएपछि असमका गोर्खा जनताहरुको निकै महत्वपूर्ण र गम्भीर समस्याहरु समाधान हुने क्रममा छन्।
यता हालै डा. हिमन्त विश्व शर्मा नेतृत्वको केबिनेट बैठकले लिएको निर्णय अनुसार, सदिया र बीटीआर जनजातीय क्षेत्रमा गोर्खाहरु संरक्षित छन् भनी सूचना पनि जारी गरिसकेको छ। अर्कातिर, हालै गोर्खाहरुको लामो समयदेखिको D-Voters-को समस्या पनि सरकारले समाधान गर्ने निर्णय लिएको कुरा पनि सार्वजनिक भइसकेको छ। अब अर्जुन छेत्रीलाई शुभ भन्ने हो कि सवल नेतृत्व त्यो जनताको कुरा हो तर गोर्खा छात्र संघका कार्यकर्ताहरुले अर्जुन छेत्रीलाई सवल नेतृत्वको रुपमा हेरिरहेका छन्।
वर्तमान पनि गोर्खा छात्र संघका केन्द्रीय सभापति अर्जुन छेत्रीको नेतृत्वमा आग्सु केन्द्रीय समितिको एउटा टोली नयाँ दिल्ली पुगेको छ भने त्यस टोलीले पछौटे जनजातिको विषयमा काम गर्दैछ र अब त्यस्को पनि चाँडै केही राम्रो खबर गोर्खाहरुले पाउने सम्भावना पनि नकार्न सकिँदैन।
अर्जुन छेत्रीलाई गोर्खाहरुको समस्याहरु के छ भनी प्रश्न उठाउँदा उनी जवाफ दिदै भन्छन्- गोर्खा स्वायत्त शासन परिषद् सबै समस्याको समाधान हो र हामीले त्यसको लागि संग्राम गर्नु पर्छ।
एक समयमा गोर्खा उन्नयन परिषद, असमसँग लागेर आग्सु भाजपा भएको भनी आरोप पनि नलागेको होइन, तर आरोप खण्डन गर्दै अर्जुन छेत्री भन्छन- आग्सु अराजनैतिक संगठन थियो, छ र रहन्छ; कसैको झुटो आरोपको पछि लागेर आजको मेरो नेतृत्वमा रहेको गोर्खा छात्र संघले गोर्खा जातिको हक, अधिकार प्राप्तिको क्षेत्रमा काम गरि रहेको छ भनी जवाफ दिदै फेरि उनी भन्छन- डी-भोटर र भूमिको समस्या समाधान भइसक्यो अब गोर्खा स्वायत्त शासन पाउने क्षेत्रमा गोर्खा छात्र संघले काम गर्छ र अर्जुन छेत्रीको कार्तकालमा GORKHA AUTONOMOUS COUNCIL असमका गोर्खाहरुले पाउने छन् र GAC पाउने साथ साथै अर्जुन छेत्रीले पनि आग्सुबाट राजीनामा दिनेछन्।
अब प्रश्न उठ्छ, यो तीन वर्षको कार्यकालमा के असमका गोर्खाले GAC पाउनु कतिसम्म सम्भव हो? फेरि वर्तमानको उपलब्धि देख्दा निक्कै सम्भावनाहरु छ जस्तो पनि देखिन्छ! तर अब समय र संग्रामले बताउने छ गोर्खा स्वायत्त शासन परिषद सपना हो कि बिपना; अनि अर्जुन छेत्रीको घोषणा पछि रहेको विश्वास र साहस कतिसम्म फलदायक हुन्छ। साँचै यो वर्ष नै पाउँछन् त GAC?
Post a Comment