Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सरकारी जागिरमा पहाड सरह डुवर्स अनि तराईका नेपाली भाषीहरुको निम्ति पनि बङ्गला भाषामा छुट दिइनु पर्ने

बाग्राकोट; २२ जुलाई: पश्चिम बङ्गाल पुलिस भर्तीमा पहाड सरह डुवर्स अनि तराई क्षेत्रमा बसोबास गर्ने नेपाली अनि हिन्दी भाषीहरुको निम्ति पनि बङ्गला भाषामा छुट दिइनुपर्ने माग गर्दै डुवर्सका विभिन्न संघ- संगठनहरुद्वारा खण्ड विकास अधिकारी, जिल्ला शासकको माध्यमले मुख्यमन्त्रीलाई ज्ञापन बुझाइ रहेका छ्न् भने त्यही बेला यसै विषयमा बुधवार बाग्राकोट सामूहिक भवनमा पनि एक मन्थन कार्यक्रम सम्पन्न हुन्छ।

जानकारी अनुसार, उक्त कार्यक्रममा खरसाङ विधानसभा क्षेत्रका भाजपा विधायक बी.पी. बजगाई, कालचिनी विधानसभा क्षेत्रका भाजपा विधायक विशाल लामा, मदारीहाट विधानसभा क्षेत्रका विधायक मनोज तिग्गा र जलपाईगढ़ी भाजपा एस सी सेलका जिल्ला सभापति, प्रदीप तिर्की, रवि खालको साथै भूतपूर्व सैनिक संगठन, भागोप लगायत विभिन्न संगठनहरुको उपस्थिति रहेको थियो। 

सिताराम धिताल, रुद्र प्रधान, मनिष तामाङ र खगेन्द्र शर्माको नेतृत्वमा सम्पन्न कार्यक्रममा बङ्गाल राज्यमा २००२ मा नै नेपाली भाषालाई दोस्रो राज्य भाषाको दर्जा दिएको भए तापनि डुवर्स तराईका नेपाली भाषीहरुले यसको उपभोग गर्न पाएका छैनन्। यस बारेमा तीनै भाजपा विधायकहरुलाई अवकाश प्राप्त सैनिक क्याप्टेन खगेन्द्र शर्माले जनाए। यसरी नेपाली भाषालाई राज्यको दोस्रो भाषाको दर्जा दिए तापनि सरकारी रोजगारमा भने पहाडका दुई जिल्लामा मात्र बङ्गला भाषालाई छुट दिइन्छ सोही छुट डुवर्स तराईमा बस्ने गोर्खाहरुको निम्ति पनि लागू हुनुपर्ने विषयमा जानकारी गराए। यसको साथै हिन्दी भाषीहरुको निम्ति पनि बङ्गला अनिवार्य नगरियोस् भन्दै विधायकहरुलाई जनाए।

यता विधायकहरूले पनि उनको कुरालाई ध्यानपूर्वक सुने पश्चात् यस विषयलाई लिएर दलका नेता सुभेन्दु अधिकारीलाई जनाउने अनि यसपटकको सदनमा यो विषयमा कुरा उठाउने अनि फत्ते गरेरै छाड्ने उनीहरूले बताए।

Post a Comment

Previous Post Next Post