Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

ममता बेनर्जीको मन्त्रीमण्डल भयो तयार, तर सूचीमा छैन कालिम्पोङका विधायक रूदेन सादा लेप्चाको नाम

ममता बेनर्जीको मन्त्रीमण्डल भयो तयार, तर सूचीमा छैन कालिम्पोङका विधायक रूदेन सादा लेप्चाको नाम


दार्जिलिङ, १० मई,२०२१: पश्चिम बङ्गालकी मुख्यमन्त्रीको रूपमा हालै तेस्रो पटक तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले सपथ ग्रहण गरेपछि आइतबार मुख्यमन्त्री बनर्जीले आफ्नो मन्त्रीमण्डलको सूची सार्वजनिक गरेकी छिन्। उक्त सूचीमा ४३ जना मन्त्रीहरुको नाम उल्लेख गरिएको छ। कूल ४४ वटा विभाग मध्ये ४३ जना मन्त्रीहरुको नाम सार्वजनिक गरिएको हुँदा गृह मन्त्रालय स्वयं मुख्यमन्त्री ममता बेनर्जीले नै राख्न सक्ने अनुमान लगाउन सकिन्छ। मुख्यमन्त्री ममता बेनर्जीको मन्त्रीमण्डलले १० मईको दिन अर्थात् आज सपथ ग्रहण गर्नेछन्।

           यता दार्जिलिङ पहाडको तीनवटा आसन मध्ये कालेबुङ विधान सभा क्षेत्रबाट  गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका उम्मेदवार रूदेन सादा लेप्चाले विजय हासिल गर्न सफल भएका छन्। त्यसपछि नै गोजमुमो विनय खेमाका सक्रिय कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विधायक रूदेन सादा लेप्चालाई मुख्यमन्त्री ममता बेनर्जीको मन्त्रीमण्डलमा राख्न सकिने अडकलबाजी लगाएका थिए। तर आइतबार सार्वजनिक गरिएको मन्त्रीमण्डलको सूचीमा ४३ जना मन्त्रीहरुको नाम उल्लेख भइसके पछि कालिम्पोङका एकमात्र विधायक रूदेन सादा लेप्चाले मन्त्रीमण्डलमा स्थान नपाउँदा ती सबै अडकाबाजीमा विराम लागेको छ।

Post a Comment

Previous Post Next Post