असम विधान सभामा 21 मे 2021 को शपत ग्रहण कार्यक्रममा गणेश लिम्बूज्यूले नेपाली
भाषामा शपत ग्रहन गर्नुभयो। यसबारे एकछिन घोत्लिहेरौँ त---
|
डा. खगेन शर्मा
|
कसैले पनि अर्थात् कुनै सङ्गठनले पनि
गणेश लिम्बूज्यूलाई नेपालीमा शपत ग्रहण गर्नु होला, टोपी लाएर जानु होला भनेर
आग्रह वा अनुरोध गरेको होइन, किनकि उहाँ जातीय सङ्गठनको मनोनित व्यक्ति नै होइन,
उहाँले त आफ्नै सोच वा विवेकले नेपालीमा शपत ग्रहण गर्नु भएको हो। यो सोचलाई सलाम
गरेर मात्रै पुग्दैन जस्तो लाग्छ, उहाँको आन्तरआत्माको आवाज र वैचारिकातलाई
बुझ्ने कोसिस गर्नु पर्ने भयो, उहाँले अघिल्लोपल्ट 2016 मा पनि नेपालीमा नै शपत
ग्रहण गर्नु भएको थियो ,
उहाँ भाजपाको पो त विधायक हुनुहुन्छ,
भाजपाले नै उहाँलाई टिकट दिएर जिताएको हो, बरसोला समष्टिमा नेपालीभाषी त सायद
‘छैठौँ स्थान’मा होलान्, अचेल सधैँ धर्म. जाति र भाषागत खेल चल्छ, बरसोला
समष्टिमा असमियाभाषीकै बढी जगजगी छ। उहाँले टोपी लगाएको र नेपालीभाषामा शपत ग्रहण
गरेको हामीलाई बाहेक अरूलाई मिठो लागिरहेको थिएन होला, किनकि तुष्टिकरणले
गर्दा आरनाईहरू पनि चलनमा आएका छन्। तर पनि शिरमा ढाकाटोपी लाएर लिम्बूज्यूले
निर्धक्क र शानका साथ नेपालीभाषामा शपत ग्रहण भयो। यसो गर्दा हाम्रो छाती फुलेर
आयो!!! अन्तरै रमायो!!! किन छाती फुल्यो र अन्तरै रमायो ??? किनकि हामी जातीय
शाम-मान तथा आत्म-सम्मानका साथ जिउन चाहन्छौँ- हाम्रो भएर कसैले त गर्वित हुने
काम गरिदियो। नेपाली शपत खाएको कुरा सबै अफिसियल र जस्तावेजहरूमा रेकर्ड भयो।
त्यहाँनेर नेपालीभाषी तथा गोर्खाहरूको जातीय सोच, जातीयताबोध र भाषाप्रेम
झल्कियो, उचित ठाउँ र उचित समयमा झल्कियो, यस भूमिमा नेपालीभाषीहरूले पनि महत्व
पाउऩुपर्छ भन्ने सोच दर्शाइयो, मागै राखे जस्तो भयो, आफ्नो अघिकारबारे सजग रहेको
कुरा अरूलाई पनि बुझाइयो। जातीय अस्तित्व, जातीय गरिमा, शान-मानका लागि यो पहल वा
सत्-कार्य ठुलो आड र आधार हुने छ आउने दिनहरूका लागि। जातिप्रतिको मायाले गर्दा
उहाँले आफन् राजनीतिक जीवनमा ‘ठुलो रिक्स’ लिएको देखियो। जातिलाई माया गर्ने,
पवित्र मनले जातिका लागि केही ठोस र खास गर्न खोज्ने मानिस त यस्तो पो हुनुपर्छ
भन्ने दृष्टान्त पेस गरेनुभयो। उहाँमा ‘ताक परे तिवारी नत्र गोतामे’ स्वभाव
देखिँदैन, ‘माछा देख्दा भित्र हात भ्यागुता देख्दा बाहिर हात’-को प्रवृत्ति पनि
उहाँमा पाइँदैन, हाम्रा नेताहरूले उहाँबाट धेरै सिको सिक्नु पर्ने देखिन्छ।
अबउसो हाम्रा यस्ता विधायकहरूको साथ लिई
तुरन्त जातीय अस्तित्व, भाषा-साहित्य-कला-संस्कृतिका मुद्दा, विकासका मुद्दा,
संरक्षणका मुद्दाहरू वैज्ञानिक दृष्टिकोणले समाधान गराउन लाग्नुपर्छ। किनकि
हामीसित जाति र भाषाप्रेमी विधायक पनि छन्। बराबर लिम्बूजीसित सरसल्लाहमा बसी
जातीय मुद्दा उठाउन, समस्या समाधान गराउन र जातिमा वैचारिक क्रान्तिको श्रघणेश
घर्ने दिन आएका छन्। नत्र भने काँचो ईँप बेच्ने नेताहरूको पछि लाग्दा जाति भास
लाग्न सक्छ। सोचाँ र गणेश लिम्बूज्यूको सोचको पोस्टमार्टेम गरौँ।
Post a Comment