Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›समाचार›पासनै परिषदिया समष्टिका पूर्व स्वतन्त्र उम्मेदवार तथा गोर्खा नेता राजु ढकालको BPF मा प्रवेश, आगामी निर्वाचनमा कस्तो पर्ला प्रभाव?
समाचार

पासनै परिषदिया समष्टिका पूर्व स्वतन्त्र उम्मेदवार तथा गोर्खा नेता राजु ढकालको BPF मा प्रवेश, आगामी निर्वाचनमा कस्तो पर्ला प्रभाव?

Super Admin7 March 20262 min read

उदालगुरी: आगामी निर्वाचनको सरगर्मी बढ्दै गर्दा BTR को राजनीतिमा नयाँ र रोचक मोड देखा परेको छ। विगतको BTR परिषदीय निर्वाचनमा पासनै समष्टिबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेर जनतामाझ आफ्नो बलियो प्रभाव र वर्चस्व विस्तार गर्न सफल सामुहिक नेता तथा जुझारु गोर्खा नेता राजु ढकाल औपचारिक रूपमा बोडोल्याण्ड पिपुल्स फ्रन्ट (BPF) मा प्रवेश गरेका छन्। आज उदालगुरीमा आयोजित एक भव्य र विशेष कार्यक्रमका बीच BTC प्रमुख हाग्रामा महिलारीको प्रमुख उपस्थितिमा ढकालले BPF पार्टीको सदस्यता ग्रहण गर्दै झण्डा समाएका हुन्। यस प्रवेशले स्थानीय राजनीतिमा ठूलो हलचल ल्याउने आशंका गर्न सकिन्छ ।

राजु ढकालको राजनीतिक पृष्ठभूमि र अनुभव निकै फराकिलो रहेको छ। कर्पोरेट जगतको लामो र सफल अनुभव बटुलेका ढकालसँग प्रशासनिक व्यवस्थापन र राजनीतिक रणनीतिको निकै गहिरो ज्ञान छ। उनी विगतमा लामो समयसम्म पूर्व BTR प्रमुखको OSD  जस्तो गरिमामय जिम्मेवारीमा रहेर कुशलतापूर्वक आफ्नो कार्यभार सम्हालिसकेका व्यक्ति हुन्। सोही समयमा BTR सरकारद्वारा सञ्चालित महत्त्वाकांक्षी 'बसुमति योजना' मा उनले पुर्‍याएको प्राविधिक तथा व्यवस्थापकीय योगदान र अनुभवलाई  BPF ले पछिलो समयमा व्यवहार गर्न सकछ। विगतको परिषदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहँदा उनले गाउँ-गाउँमा अपनाएको योजनाबद्ध चुनावी रणनीति र जनसम्पर्क कौशलले उनको राजनीतिक उचाइ र परिपक्वता प्रमाणित गरिसकेको छ। असम सरकारका मन्त्री चरण बडोको विशेष तत्परता, चासो र पहलमा सम्पन्न भएको यो पार्टी प्रवेशले आगामी विधानसभा निर्वाचनमा BPF लाई निकै ठूलो रणनीतिक फाइदा पुग्ने अपेक्षा गरिएको छ। प्राप्त जानकारी अनुसार, पार्टी प्रवेशसँगै राजु ढकाललाई BPF भित्र कुनै निकै महत्त्वपूर्ण र गरिमामय दायित्व प्रदान गरिने सम्भावना पनि तीव्र रहेको छ।

प्रशासनिक र राजनीतिक क्षेत्रमा मात्र नभई, गोर्खा समाजको हक र हितका लागि पनि राजु ढकालको नाम अग्रपङ्क्तिमा आउँछ। उनी हाल असम गोर्खा सम्मेलनको मूलसचिवको महत्त्वपूर्ण ओहदामा कार्यरत रहेर समाजको नेतृत्व गरिरहेका छन्। निकै लामो समयदेखि असमका गोर्खाहरूले भोग्दै आएका अत्यन्तै जटिल र प्रमुख समस्याहरू जस्तै 'D-Voter'  को कलङ्क र भूमि अधिकारको ज्वलन्त विषयमा उनको निरन्तर र उल्लेखनीय योगदान रहँदै आएको छ। 2022मा  निकासिमा सम्पन्न भएको असम गोर्खा सम्मेलनको महाधिवेशनमा उनी निर्वाचन आयोगका पाँच प्रमुख सदस्यमध्ये एक महत्त्वपूर्ण सदस्यको रूपमा चयन भएका थिए। उक्त ऐतिहासिक अधिवेशनमा उनले सम्हालेको निर्वाचन प्रक्रिया निकै पारदर्शी, निष्पक्ष र व्यवस्थित रहेको भन्दै सर्वत्र प्रशंसा भएको थियो। यसले उनको सांगठनिक र नेतृत्वदायी क्षमतालाई थप प्रष्ट पारेको छ।

निर्वाचन नजिकिँदै गर्दा राजु ढकालको यो BPF प्रवेशले समग्र स्थानीय राजनीतिको समीकरणलाई नै नयाँ दिशा दिन सकछ । विशेषगरी, पूर्व आग्सु सभापति सुनील छेत्रीले विपक्षी दल कांग्रेसमा योगदान गर्ने भनी पछिल्लो समय चलिरहेको व्यापक चर्चा र अनुमानलाई ढकालको यो रणनीतिक कदमले अन्त्यमा निकै हदसम्म चिसो पार्ने काम गरेको छ। हाल सत्तामा रहेको बलियो दल BPF मा राजु ढकाल जस्ता अनुभवी र प्रभावशाली नेताको प्रवेशले चुनावको मुखमा राजनीतिक चहलपहल निकै बढाएको छ। अब निर्वाचन जति-जति नजिकिँदै जान्छ, यस्ता रणनीतिक नेताहरू र राजनीतिक समीकरणका समाचारहरू अझै बढी चर्चाको शिखरमा रहने आशंका र सम्भावना प्रबल देखिन्छ।

#Assam Gorkha Sammelan#BPF#BTR Election#Hagrama Mohilary#NELIVE24#Pasnoi#Raju Dhakal#Udalguri#असम गोर्खा सम्मेलन#उदालगुरी#राजु ढकाल#हाग्रामा महिलारी
About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

26 Jun 2026
শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

19 Jun 2026
পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

15 May 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.