Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›समाचार›इन्द्रेनी प्रकाशनद्वारा 'युवा सर्जक पाण्डुलिपि प्रतियोगिता' घोषणा; तेजपुरमा सम्पन्न भयो कार्यकारिणी सभा
समाचार

इन्द्रेनी प्रकाशनद्वारा 'युवा सर्जक पाण्डुलिपि प्रतियोगिता' घोषणा; तेजपुरमा सम्पन्न भयो कार्यकारिणी सभा

Super Admin11 February 20261 min read


Nelive24.in:  असमको साहित्यिक फाँटमा सक्रिय साहित्यिक संस्था इन्द्रेनी प्रकाशन, असमले युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एक वृहत् 'इन्द्रेनी युवा सर्जक पाण्डुलिपि प्रतियोगिता' को घोषणा गरेको छ।गत ८ फेब्रुअरीका दिन तेजपुरस्थित रमणीय ब्रह्मपुत्र किनारमा सम्पन्न इन्द्रेनी प्रकाशनको वर्धित कार्यकारिणी सभा तथा 'रिमालनी घाट प्रीतिभोज' कार्यक्रमका बीच यस प्रतियोगितालाई औपचारिक रूपमा मोहर लगाइएको हो।
यस प्रतियोगितामा सहभागी हुन चाहने सर्जकहरूका लागि प्रकाशनले केही निश्चित मापदण्डहरू निर्धारण गरेको छ। सहभागी सर्जक असमको भौगोलिक सीमाभित्रको स्थायी निवासी र ४० वर्षभन्दा कम उमेरको हुनुपर्ने प्रावधान राखिएको छ। सर्जकले कुनै पनि विधाको मौलिक सिर्जना पठाउन सक्नेछन् तर पाण्डुलिपि अनिवार्य रूपमा टाइप गरिएको हुनुपर्नेछ। हस्तलिखित रचनाहरूलाई प्रतियोगितामा सामेल गरिने छैन।
प्राविधिक पक्षको कुरा गर्दा पाण्डुलिपि 1/8 साइजको र ९६ पृष्ठभित्रको हुनुपर्नेछ। सर्जकले आफ्नो कृति युनिकोड वा रामधेनु चानक्यमा १३.५ देखि १४ फन्टमा टाइप गरेर पठाउनु पर्नेछ। पाण्डुलिपि बुझाउने अन्तिम मिति १५ मे २०२६ तोकिएको छ भने प्रकाशनले नियुक्त गरेको पाँच सदस्यीय विशेषज्ञ जुरीले प्राप्त कृतिहरूमध्ये उत्कृष्टको चयन गर्नेछ। प्रतियोगिताको नतिजा आगामी १४ जुन २०२६ मा घोषणा गरिनेछ र जुलाई महिनामा एक भव्य समारोहका बीच पुरस्कार वितरण गरिनेछ।
पुरस्कारको हकमा प्रथम स्थान हासिल गर्ने सर्जकको पुस्तक इन्द्रेनी प्रकाशनले आफ्नै खर्चमा प्रकाशित गरी लोकार्पण गर्नेछ। यसका साथै प्रथम र द्वितीय दुवै विजेताहरूलाई नगद राशि, अङ्गवस्त्र र मानपत्रद्वारा सम्मानित गरिनेछ। यद्यपि दोस्रो पुरस्कार विजेताको पुस्तक भने प्रकाशनले छाप्ने छैन। पारदर्शिता कायम राख्नका लागि इन्द्रेनी प्रकाशनका कार्यकारिणी समितिका ४० वर्ष मुनिका ५ जना सदस्यहरू यस प्रतियोगितामा सहभागी नहुने विशेष घोषणा समेत गरिएको छ।
इच्छुक सर्जकहरूले आफ्नो पाण्डुलिपिको हार्ड कपी मुख्य कार्यालय, इन्द्रेनी प्रकाशन, रुक्मिणी भवन, बरसला, शोणितपुर (पिन: ७८४११७) मा पठाउन सक्नेछन्। त्यसैगरी सफ्ट कपीका लागि ज्योति हुमागाईँको ह्वाट्सएप नम्बर ९१०१० ६१६९९ मा सम्पर्क गर्न सकिनेछ।

https://whatsapp.com/channel/0029Va5waSl7Noa26ENNPI0E

#AssamNews#IndreniPrakashan#LiteratureContest#NELIVE24#NepaliSahitya
About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

26 Jun 2026
শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

19 Jun 2026
পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

15 May 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.