Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भारतीय सेनाको वाहन दुर्घटना; १६ सेना जवानको मृत्यु, ४ सेना जवान गम्भीर रुपमा घाइते!

गन्तोक, २३ दिसम्बर: एउटा दुखद समाचार! सिक्किममा भारतीय सेनाको वाहन दुर्घटना भएको छ।

जानकारी अनुसार, शुक्रबार बिहान लगभग ८ बजे सेनाको तीनवटा सवारी साधन सेना लिएर उत्तर सिक्किमको छातेनको सेनाको छावनीबाट छुट्टी काटेर सेनामा फर्किरहेका जवानहरुलाई लिएर थाङ्गु ट्रान्सिट क्याम्प तर्फ गइरहेको थियो भने यात्रा क्रममा जेमा भन्ने दुर्गम गाउँमा सेनाको एउटा सवारी साधन दुर्घटनामा परेको हो।

कूल २० जना सेना जवान सवार रहेको सेनाको वाहन दुर्घटना हुँदा १६ जना सेना जवानको ज्यान गएको छ भने ४ जना सेना जवान गम्भीर रुपमा घाइते भएका छन्। उक्त दुर्घटनामा घाइते ४ जवानलाई उद्धार गरी हेलिकप्टर मार्फत उपचारका लागि उत्तर बंगाल पठाइएको छ।

Post a Comment

Previous Post Next Post