Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

क्यारियर परामर्श कार्यक्रम आयोजन गर्‍यो भारतीय कामी उन्नयन परिषद्, असम प्रदेश समितिले

धेमाजी, २० डिसेम्बर: गत् आइतबार भारतीय कामी उन्नयन परिषद्, असम प्रदेश समितिको शिक्षा विभागको उद्योगमा एक क्यारियर परामर्श कार्यक्रम सम्पन्न हुन्छ।

जानकारी अनुसार, धेमाजी जिल्लाको शिलापथारमा सम्पन्न भएको क्यारियर परामर्श कार्यक्रममा गाइडको रुपमा शिलापथार कलेजका अध्यापक डा० राजीव विश्वकर्मा, असम चिकित्सा महाविद्यालयमा अध्यायणरत छात्र सुरज विश्वकर्मा, असम लोकसेवा आयोग (APSC) परीक्षामा अवतीर्ण हुन कोचिङ गरिरहेकी विद्यार्थी माधवी विश्वकर्मा, विद्यावारिधि गरिरहेका छात्र राघव बराईली, अवकाशप्राप्त सेना अधिकारी लक्ष्मण कालिकोटे र असम सरकारका अवकाशप्राप्त कर्मचारी नारायन बराईली उपस्थित भई छात्र छात्राहरुमाझ आ-आफ्नो बहुमूल्य अनुभव व्यक्त गर्दै मार्गदर्शन तथा अनुप्रेरणा प्रदान गर्छन्।

यता, क्यारियर परामर्श कार्यक्रममा छात्र छात्राहरुको चासो अनि उपस्थित बाक्लो रहेको भारतीय कामी उन्नयन परिषद्, असमका सभापति शेखर सिर्वालले बताए।

Post a Comment

Previous Post Next Post