नयाँ दिल्ली, १० दिसम्बर, भारतीय गोर्खाहरुको १०१० बर्ष पुरानो मांग छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण माथि दुई दिवसीय सर्वभारतीय संगोष्ठी आयोजन गरिएको छ।
जानकारी अनुसार, बिमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा देशको राजधानी नयाँ दिल्लीको छत्तरपुर मन्दिर परिसरमा आयोजन गरिएको सर्वभारतीय संगोष्ठीको आज पहिलो दिन देशको विभिन्न क्षेत्रहरूबाट छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई समर्थन गर्ने राजनीतिक दल, गोर्खा संघ-संस्था, गोर्खाल्याण्ड एक्टिभिस्ट समूह र जातीय हितमा कार्य गर्ने विभिन्न क्षेत्रका गोर्खा प्रतिनिधिहरुले गोर्खाल्याण्डको मांगलाई कसरी अघि बढाउन सकिन र के कस्तो योजनाहरु बनाउनु पर्नेछ त्यस माथि आ-आफ्नो विचार व्यक्त गर्नेछन् भने संगोष्ठीको दोस्रो तथा अन्तिम दिन गोर्खाल्याण्ड मांगको लागि सर्वभारतीय गोर्खाहरुको एउटा साझा समिति पनि गठन हुने सम्भावना छ।
उक्त कार्यक्रममामा दार्जीलिङ पहाड तराई डुवर्सबाट तीन प्रमुख नेता गोजमुमो अध्यक्ष बिमल गुरुङ, हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड र तृणमूल कांग्रेस नेता तथा सभासद् विनय तामाङ पनि उपस्थित रहेको देखियो।
यता, सर्वभारतीय संगोष्ठीको निमन्त्रणा स्वीकार्दै असमका प्रतिनिधिहरु पनि सामेल रहेको देखियो। असमबाट अखिल असम गोर्खा छात्र संघको एउटा टोली, गोर्खा उन्नयन परिषद्, असमका सदस्य राज नेवार, बीटीआर गोर्खा समाजका अध्यक्ष उत्तम प्रधान, मूल सचिव दिपक निरौला, बीपीएफ गोर्खा सेलका मूल सचिव तथा गोर्खा नेता नन्दलाल राणा मगरको उपस्थिति रहेको थियो।
Post a Comment